एमालेको पोलिटव्युरो बैठक जारी, चुनावी रणनीतिको विषयमा छलफल हुँदै

काठमाडौं । नेकपा एमालेको पोलिटव्युरो कमिटीको बैठक सुरु भएको छ । स्थानीय तह निर्वाचनको तयारीबारे छलफल गर्न कार्की व्यांक्वेट बबरमहलमा बैठक बसेको हो ।

बैठकमा समसामयिक राजनीतिको समीक्षाका साथै आगामी केन्द्रीय कमिटी बैठकका एजेण्डा, पार्टीको घोषणापत्र निर्माण, उम्मेदवार छनोटको मापदण्ड लगायत विषयमा छलफल हुने एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए ।

निर्वाचनको तयारीमा सक्रिय एमालेले आगामी चैत ९ र १० गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ । यसैगरी चैत १३ गते स्थायी कमिटीको बैठक बस्ने तय भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार