विप्लव नेतृत्वको नेकपा भित्र विवाद, चुनावबारे दुई धारमा विभाजन भए नेताहरू

नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा निर्वाचनमा जाने् नजाने विषयमा बहस सुरु भएको छ । निर्वाचनको विषयमा नेताहरु दुई धुव्रमा विभाजना भएका छन् ।

शुक्रबारदेखि कपिलवस्तुमा जारी केन्द्रीय कमिटि बैठकमा महासचिव विप्लवले पेश गरेको राजनीतिक प्रतिवेदनमा छलफल भइरहेको छ।विप्लवले शान्तिपूर्ण राजनीतिमा आउन चुनावलाई उपयोग गर्नुपर्ने विचार अघि सारेका छन्। उनले आउँदो स्थानीय तहको निर्वाचनमा पार्टीले सहभागिता जनाउनुपर्ने भनेका छन्।

विप्लवसहित खड्कबहादुर विश्वकर्मा, सन्तोष पुनलगायत नेताहरू चुनावको पक्षमा छन्।सचिवालय सदस्य धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओली भने चुनावको विपक्षमा छन्।बास्तोलाले चुनावको विरोध गरे पनि राष्ट्रपतीय प्रणालीको एजेण्डा अगाडि बढाउनुपर्ने तर्क गरेका छन् भने ओलीले चुनाव बहिष्कारनै गर्नुपर्ने बताएका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार