गाउँगाउँ मा चुनावी सरगर्मी बढ्यो : नेताहरू एकअर्का विरुद्ध आगो ओकल्दै

गलत राजनीतिक संस्कारकाे निमार्ण

काठमाडौं । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै दलहरु चुनावी प्रसार प्रचारमा केन्द्रित हुन थालेका छन् । गाउँगाउँमा चुनावी सरगर्मी बढेको छ । राजनीतिक दल र तिनका संगठनका कार्यक्रमहरु चुनाव केन्द्रित हुन थालेका छन् ।स्थानीय तहको चुनाव आउन अब ५३ दिन मात्रै बाँकी छन् । प्रायः सबै दलका नेता कार्यकर्ता पालिकास्तरीय कार्यक्रममा व्यस्त देखिएका छन् । गाउँटोलमा विभिन्न दलका कार्यकर्ता भेला, प्रशिक्षण लगायतका चुनाव केन्द्रित कार्यक्रम हुने गरेका छन् । दलका शीर्ष नेताहरुले दौडधुपलाई तीव्रता दिएका छन् । राजनीतिक दलका शीर्ष नेता पार्टीका कार्यक्रममा एक अर्काप्रति तुच्छ गालीगलौजमा उत्रिनमै केन्द्रित हुने गरेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालदेखि साना राजनीति दलका नेता समेत विरोधी दलका नेतालाई तुच्छ गाली गर्न पछि हटेका छैनन् । नेताहरुका पछिल्ला भाषण सुन्दा लाग्छ कि अर्को दल विरुद्ध जति तुच्छ बोल्यो त्यत्ति चुनाव जित्ने चान्स धेरै हुन्छ ।

पछिल्ला केहि कार्यक्रममा शिर्ष नेताहरुकाे भाषण
‘एमसिसी संसदबाट पास गर्नुपर्छ भनेर ओलीजीले संसदमा पेश गर्नुभएको हो। त्यसबेलाको अर्थमन्त्री उहाँकै पार्टीको हुनुहुन्छ। भीम रावल अहिले विरोधमा बोल्दै हुनुहुन्छ। उहाँ त्यसबेला रक्षामन्त्री हुनुहुन्थ्यो। आफू मन्त्री हुनेमा बेलामा पास गर्ने खोज्नेरु खिलाफ थियो भने त्यसबेला किन राजीनामा गरेनन्। गल्ती थियो भने। मैले एमसिसी पास गराउन खोज्दा किन टाउको दुख्योरु अरूलाई टाउको दुखेको छैन। उस बेला दिमाग खुस्किएको थियोरु थाहा छैन भन्ने ठान्नुहुन्छ यहाँरु तपाईं मन्त्री हुनुहुन्थ्यो अहिले बोल्दा लाज छैन।’ –शेरबहादुर देउवा

‘पाँचदलीय गठबन्धन अदालतले बनाइदिएको गठबन्धन हो। जनताले हो र गठबन्धन बनाइदिएकोरु भोटले हो ररु यस्तालाई जनताको आँगनमा लगेर पछार्नुपर्छ। अदालतले बनाएको सरकारलाई मुद्दा लड्न जाऊ भन्ने हो, हामी जनताको बीचमा जाने हो। झण्डै २ तिहाइको सरकार ढालेर प्रचण्ड–माधवलाई दशा लाग्यो। सरकार ढालेर गएका बिचराहरू, ढोकाबाहिर कुरेर बस्याुछन्। प्रसाद बाँड्न आउँछन् कि भनेररु कताका जंगेहरू कताका बुंगे भए। अदालत संवैधानिक बाटोबाट कान्लातिर हाम फालेर गए हुन्छ। प्रधानमन्त्री नियुक्त भएको संसदलाई थाहा छैन। प्रधानमन्त्री नियुक्त भयो, शपथ भयो, संसदलाई थाहा छैन। मान्छेहरू कहिलेकाहीँ भन्छन् नि, अलच्छिना पस्यो भनेर। त्यस्तो भयो। पाँचवटा अलच्छिन एकैचोटि पसेपछि के होलारुअहिले देशको अर्थतन्त्र डामाडोल छ। ’-ओली

‘२०६४ को चुनावमा वाइसिएल आयो भनेपछि विरोधीहरूको सातो जान्थ्यो। जनताले आफ्ना छोराछोरी जसरी माया गर्थे र ढुक्कले माओवादीलाई भोट दिन्थे। अहिले त वाइसिएल पनि खै के हो मुर्झायो। तर अब यो दुई महिना गाउँ गाउँमा भोलेन्टियर खटाउनुस्। गुण्डागर्दी पनि अरूले पो गर्न थाले। अब वाइसिएलले तीनलाई ठेगान लाउनुस्। लड्नका लागि आवश्यक पर्‍यो भने केन्द्रमा भन्नुस्, सहयोग हुन्छ।’-प्रचण्ड

‘आफैँले जन्माएको एमाले विध्वंशकारी बन्यो कस्तो विडम्बनारु आफैँले जन्माएको सन्तान रावण भइदियो गर्ने केरु अब अरूले गरेनन् राम्रो काम हामीले गर्ने हो। हाम्रो पार्टीको तागतलाई मान्छेहरूले अनुमान गरिरहेका छन्। केपी ओलीसँग टक्कर लिएर अर्को पार्टी बनाउन सक्दैन भन्ने लाग्थ्यो। तर, ओली जेलमा बसेको बेलामा मैले यो पार्टी बनाएको हो। मान्छेले गुण पनि बिर्सिँदा रहेछन्। बूढापाकालाई नेपालमा भत्ताको व्यवस्था कसले गर्‍योरु त्यो बेलाको पार्टी, जसको नेतृत्व माधव नेपालले गरेको कुरा लाप्राकले बिर्सियो कि१ २०५१ सालको सरकारमा मनमोहन अधिकारी प्रधानमन्त्री र म उपप्रधानमन्त्री थियौँ। हाम्रै पार्टीले वृद्ध भत्ता दिन थालेको हो, हामीले थालेको कुराको त वास्तै गर्दैनन्। स्याबास१ त भन्नुपर्ने हो नि।’ – माधव नेपाल

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार