सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा कोरोना बीमा दाबी भुक्तानी रकम हस्तान्तरण

सिटी एक्सप्रेस मनी ट्रान्सफरले विश्वव्यापी फैलिरहेको महामारी कोभिड – १९ विरुद्घ आफ्ना अभिकर्ताहरुको बीमा गराएको थियो । नेपाल राष्ट्र बैंकको निर्देशन पालना गर्दै विषम परिस्थितीमा पनि आफ्नो सेवा प्रदान गर्दै आएकोमा उच्च मुल्यांकन गर्दै सेवामा थप उत्साह र उच्च मनोबलका साथ हौसला प्रदान गर्नको लागी सिटी एक्सप्रेस मनी ट्रान्सफरले अभिकर्ताहरुको बीमा गराएको थियो । जस अनुरूप मापदण्ड पुगेका ८ जना कोरोना पीडित अभिकर्ताहरुलाई, कोरोना बीमाको दाबी भुक्तानी रकम जनही रु ५०,००० सिटी एक्सप्रेसले हस्तान्तरण गरेको छ । साई बाबा रेमिट् , चाबहिलका हरी कुमार श्रेष्ठ , अन्लाईन सब् रेमिट् , काठमाडौंका दीपेन्द्र ढकाल , आनन्द मनी ट्रान्सफर , झापाका आनन्द थापा, डेस्टिनेशन डेलिभरी सर्भिस , कास्कीका लीला भट्टराई , मध्यबिन्दु ट्रेड् सेन्टर , नवलपुरका गोपाल सिर्पाली , कलश मनी ट्रान्स्फर , सुन्सरीका कुल बहादुर भारती, जिमिरेभर मनी नेट्वर्क , परासीका शेर बहादुर गुरुङ र हीरा इन्टप्र्राइजेज , नवलपुरका कृष्ण गिरी गरी ८ जाना लाई चेक हस्तान्तरण गरिएको छ ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १४ वर्ष देखि संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार