एमाले पाेलिटब्युराे बैठक बस्दै, चुनावी रणनीतिबारे छलफल हुने

स्थानीय तह निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेकपा एमालेको पोलिटब्युरो बैठक आज सोमबार बस्दै छ ।

बैठक बबरमहलस्थित कार्की बैंक्वेटमा बिहान ११ बजे बैठकका लागि तय भएको छ ।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले निर्वाचन घोषणापत्र, उम्मेदवार चयन कसरी गर्ने लगायत विषयमा छलफल हुने बताए । १९ पदाधिकारी र २६ स्थायी कमिटी सदस्यसहित ९९ सदस्य रहेको पोलिट्ब्युरो बैठकमा पार्टीले चुनावका लागि लिने नीतिबारे पनि छलफल गर्ने बताइएको छ ।

स्थानीय तहको निर्वाचन हुन ५३ दिन बाँकी छ । एमालेले निर्वाचन घोषणा पत्र सार्वजनिक गर्न बाँकी छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार