मोरङको लेटाङमा प्रदर्शनकारीको आक्रमणमा प्रहरी जवान श्रेष्ठको मृत्यु

मोरङको लेटाङमा एक शिक्षकले छात्रामाथि दुर्व्यवहार गरेको विषयमा विवाद बढ्दै गएपछि प्रहरी र स्थानीयबीच झडप हुँदा एक महिला प्रहरी उर्मिला श्रेष्ठको मृत्यु भएको छ।

झडपमा मोरङका प्रहरी उपरीक्षकसहित एक दर्जन घाइते भएका छन् ।आक्रोशित स्थानीयको भीडबाट प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।

कोशी अञ्चल अस्पतालले महिला प्रहरी जवान श्रेष्ठको मृत्यु भएको घोषणा गरेको हो ।

यौन दुर्व्यवहार आरोपी लेटाङ नगरपालिका– ५ को शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेललाई पक्राउ गर्न पुगेको प्रहरी टोली र स्थानीयबीच आइतबार दिनभर झडप भएको थियो ।

त्यसक्रममा नेपाल प्रहरीको प्रदेश प्रहरी गणमा कार्यरत महिला प्रहरी जवान श्रेष्ठ गम्भीर घाइते भएकी थिइन् । उनको घाँटीमा गम्भीर चोट लागेको थियो ।

घटनामा कम्तीमा नौ जना प्रहरी र केही स्थानीय घाइते छन् । प्रदर्शनकारीहरुले प्रदर्शनका क्रममा आरोपित शिक्षकको मोटरसाइकल जलाइदिएका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार