सोमबार थप ३ हजार ५ सय ५६ जनामा कोरोना पुष्टि, १२ जनाको मृत्यु

नेपालमा सोमबार थप ३ हजार ५ सय ५६ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको १२ हजार ४ सय पिसिआर परिक्षणका क्रममा ३ हजार ४ सय ४२ र ८ सय ९३ वटा एन्टीजेन परिक्षणका क्रममा ११४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ५ हजार ५६१ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा तीन हजार १ सय ७६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप ३७८ संक्रमित निको भएका छन् भने नेपालमा हालसम्म दुई लाख ७७ हजार ९५१ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा २२ हजार ३३४ संक्रमित आइशोलेशनमा छन् भने ६५ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २४ लाख १७ हजार ४१७ वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार