पहिलो दिन नै म्यादी प्रहरीका लागि आवेदन दिनेको यति धेरै भिड

काठमाडौं । नेपाल प्रहरीले स्थानीय तह निर्वाचनका लागि आजदेखि म्यादी प्रहरीका लागि आवेदन खुलाएको छ। महानगरीय प्रहरी परिसर काठमाडौं, भक्तपुर, ललितपुर र सबै जिल्ला प्रहरी कार्यालयबाट योग्यता पुगेका इच्छुक व्यक्तिहरूले आवेदन दिन सक्नेछन्। १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका योग्य व्यक्तिले चैत ११ सम्म दरखास्त दिन सक्नेछन्। आवेदन खुलेसँगै तोकिएका प्रहरी कार्यालयहरूमा इच्छुक व्यक्तिहरूको भिड लागेको छ।

११ चैतसम्म आवेदन दिनेहरुले आवदेन दिएकै ठाउँमा १३ गते सम्पर्क गर्नु पर्ने छ । १५ गतेदेखि शारीरिक परीक्षण गरेपछि २२ चैतमा अन्तिम नामावली प्रकाशित हुनेछ । उनीहरुलाई २८ चैतदेखि तालिम दिएर चुनावका लागि ४० दिन काम लगाइने छ ।

प्रहरी प्रधान कार्यालय, नक्सालको मानव स्रोत तथा प्रशासन विभागका अनुसार म्यादी प्रहरीका लागि प्रहरी जवानको तलब ९आधारभूत तलब महिनाको २२,६८० रुपैयाँ० खाद्यान्न, पोशाक र अन्य सामग्री खरीदका लागि भनेर ४० दिनको ४४,४४० रुपैयाँ पाउने छन् । उनीहरुको बीमालगायतका अन्य सुविधा पनि हुने छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार