युक्रेनी राष्ट्रपति जेलेन्सकी र उनको परिवारलाई शरण दिने बेलायतकाे प्रस्ताव

काठमाडाैं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले  युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र उनको परिवारलाई बेलायतमा शरण दिने प्रस्ताव  गरेका छन्र ।जोनसनले जेलेन्स्कीसँग नियमित कुराकानी हुने, उनी एक निक्कै आकर्षक व्यक्तित्व भएको र प्रेरणाको स्रोत पनि सावित भएको सन्डे टाइम्सुलाई बताए।

बेलायती प्रधानमन्त्रीका अनुसार जेलेन्स्की र उनको परिवारले बेलायतमा शरण लिने सम्भावनाबारे छलफल भएको थियो। भोलोडिमिर सधैं स्पष्ट रहेका, उनको कर्तव्य युक्रेनी जनताप्रति भएको र उनी त्यहीँ बसी जनताको हेरचाह गर्ने उनले बताए । आफूले उनको प्रशंसा गर्ने जोनसनले बताए।रुसका अनुसार डोनेट्स्क र लुहान्स्क जनवादी गणतन्त्र डीपीआर र एलपीआर ले युक्रेनविरुद्ध आफूलाई बचाउन मद्दत मागेपछि गत फेब्रुअरी २४ मा रूसले युक्रेनमा विशेष सैन्य कारबाही सुरु गरेको हो।

रुसको आक्रमणको उद्देश्य युक्रेनलाई असैन्यीकरण र ुडिनाजिफाइु गर्नु भएको र केवल सैन्य पूर्वाधारलाई लक्षित गरिएको रुस बताउँदै आएको छ। सर्वसाधरण नागरिक खतरामा नभएको र युक्रेन कब्जा गर्ने कुनै योजना नभएको मस्कोले बारम्बार उल्लेख गर्दै आएको छ।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका अनुसार रुसको डोनबासका जनता जोगाउने लक्ष्य छ जो आठ वर्षदेखि किभ शासनद्वारा दुर्व्यवहार र नरसंहारको शिकार भएका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार