रुसद्वारा युक्रेनमा हाइपरसोनिक क्षेप्यास्त्र प्रहार

युक्रेनमाथि २४ दिनदेखि आक्रमण गरिरहेको रूसले आक्रमण थप नयाँ सहरहरुतर्फ विस्तार गरेको छ। पछिल्लो पटक दक्षिणी सहर माइकोलिएभमा रूसी सेनाले मिसाइल प्रहार गरेको छ।

माइकोलिएभको एक आवसीय भवनमा रूसी सेनाले गरेको मिसाइल आक्रमणमा कम्तीमा ४५ जनाको मृत्यु भएको छ। त्यस्तै‚ सहरको उत्तरी क्षेत्रमा रहेको सैनिक ब्यारेकमा कम्तीमा दुईवटा मिसाइल खसेका छन्। स्थानीय सैनिकलाई प्रशिक्षण दिने यी ब्यारेकमा रूसी सेनाले मिसाइल खसालेको हो। ब्ल्याक सीबाट हुने आक्रमण रोक्न यहाँको सेनाले हरसम्भव प्रयास गरिरहेको थियो।

यस्तै‚ रूसी सेनाले शुक्रबार बिहान लविव सहरमा ठूला तीन आक्रमण गरेको छ। सैन्य जहाज मर्मत गर्ने एउटा एयरबेसमा रूसले तीनवटा ठूला बम खसालेको छ।

यसैबीच युक्रेन युद्धमा ८१६ नागरिक मारिएको संयुक्त राष्ट्र संघले बताएको छ। राष्ट्र संघले १७ मार्चसम्म ८१६ नागरिक मारिएको र १३ सय ३३ जना घाइते भएको उल्लेख गरेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार