माओवादीले निष्काशन गर्यो प्रदेश सांसद विष्टलाई

नेकपा माओवादी कर्णलाी प्रदेशका सांसद ठम्मरबहादुर विष्टलाई पार्टीले कारबाही गरेको छ । पार्टीको संसदीय दल कर्णाली प्रदेशको बैठकले सांसद ठम्मरबहादुर विष्टलाई निष्कासन गरेको छ । दलका नेता महेन्द्रबहादुर शाहीद्वारा हस्ताक्षरित विज्ञप्तीमा विष्टले निरन्तर दलको विधान विपरितका अभिव्यक्ति र गतिविधि गर्दै आइरहेको बताउँदै उनलाई निष्कासन गरेको उल्लेख गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘प्रस्तुत विषयमा नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा दलका सदस्य मा। ठम्मर बहादुर विष्टले निरन्तर दलको विधान विपरितका अभिव्यक्ति र गतिविधि गर्दै आइरहेको एवं प्रदेश सभा सदस्यबाट राजीनामा समेत पेश गरेको सन्दर्भमा यही चैत्र ३ गते प्रदेश सभा दलको बैठक सम्पन्न भयो । उक्त बैठकले राजीनामा फिर्ता लिएर नियमित कार्यमा क्रियाशील हुन उहाँलाई दिएको निर्देशनको अवज्ञा गरेकाले दलको सदस्यबाट निलम्बन गरिएको सूचित गरिन्छ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार