एक्लो हुँदा भाले हात्तिले किन धेरै तनाव लिन्छ ?

काठमाडौं । हात्ति पनि एक्लै हुँदा मानिस जस्तै चिन्तीत हुने गरेको एक अध्ययनले देखाएको छ । सामान्यतया मानिसको भावना उसको सामाजिक बन्धनबाट धेरै प्रभावित हुन सक्छ । उनीहरुको सामाजिक व्यवहारमा तनाव, चिन्ता, र त्रास धेरै हदसम्म जिम्मेवार हुन्छ । हात्तीमा पनि यस्तो नियम लागू हुन्छ । नयाँ अध्ययनले दावी गरेको छ कि हात्तीहरू समूहमाभन्दा एक्लै हुँदा तनाव र चिन्तित हुन्छन् ।

एक्लोपनले भाले हात्तीको तनावको स्तर बढाएको छ, जबकि पोथी हात्ती बच्चा जन्माउँदा कम तनावमा देखिएको अनुसन्धानकर्ताहरुले बताएका छन् । टर्कु विश्वविद्यालयले गरेको अध्ययनले म्यानमारमा एसियाली हात्तीको दिसाको विश्लेषण गरेर तनावको हर्मोनको तहलाई तुलना गरी सो निष्कर्ष निकालेको हो । अनुसन्धान टोलीले काठ उद्योगमा काम गरिरहेका म्यानमारका ९५ एसियाली हात्तीको अध्ययन गरेको थियो ।

अन्वेषकहरूका अनुसार भाले हात्तीको तुलनामा पोथी हात्ती अझै पनि बलियो सामाजिक बन्धनबिना अन्य हात्तीसँग अन्तरक्रिया गर्न सक्षम हुन सक्छन् । तसर्थ, ती बन्धनको अभावलाई तनावको रुपमा बुझ्न सकिदैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार