आगामी चुनावमा माओवादी पहिलो पार्टी बन्ने सम्भावना छ : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा माओवादीले आफ्नै बलमा चुनाव लड्ने बताएका छन् । आइतबार पोखरामा पत्रकारसँग भेटघाट गर्दै दाहालले माओवादी केन्द्र परिवर्तनको बाहक भएकाले माओवादी अन्य दलसँग नभइ अन्य दल माओवादीसँग चुनावी तालमेल गर्न आउने बताए ।

उनले पछिल्लो समय माओवादी प्रवेश गर्नेहरुको लहर सुरु भएको भन्दै चुनावमा माओवादी पहिलो पार्टी बन्ने सम्भावना रहेको दावी गरे ।

उनी निर्वाचन केन्द्रित प्रशिक्षणको लागि पोखरा आएका हुन् । आठौं महाधिवेशन र केही दिनअघि बसेको पार्टी केन्द्रको बैठक सार्वजानिक गरिने उनले बताए । ‘निर्वाचनमा कसरी जाने भन्ने चासोको कुरा छ,’ उनले भने, ‘दुविधा नगरी बस्नुस् । हामी गठबन्धन होला र चुनाव जितौंला भनेर होइन आफ्नै खुट्टामा उभिने गरी तयारी गर्नुस् । संघीय शासन प्रणलीको रक्षाको निम्ति पनि आफ्ना संगठन बलियो बनाउनुपर्छ ।’ विगतका दिनमा अलोकतान्त्रिक तरिकाले संसद् विघटन गर्ने कार्य भएको बताउँदै उनले स्थानीय सरकार बनाउनेमा माओवादी केन्द्रको ठूलो भूमिका रहेको बताएका छन् । सिंहदरबार गाउँगाउँमा पुर्‍याउने तरिकारले नै स्थानीय तहको अवधारण ल्याएको उनको भनाइ थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार