सञ्चालनमा नरहेका वायुसेवा कम्पनीको बक्यौता ९ करोड, नतिरे कालोसूचीमा राख्ने चेतावनी

सञ्चालनमा नरहेका सात वायुसेवा कम्पनीले सरकारलाई वर्षाैैदेखिको ९ करोड १६ लाख बक्यौता नतिरेको पाइएको छ ।

रकम बुझाउन पटक-पटक पत्राचार गरी तीन पटक सार्वजनिक सूचनासमेत जारी गरिए पनि अटेरी गरिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले पुनः सार्वजनिक सूचना जारी गरेर सात दिनभित्र रकम तिर्न भनेको छ ।

बक्यौता नागरिक उड्ड

यन प्राधिकरण ऐन, २०६७ अनुसार असुल गरी ती कम्पनी र व्यक्तिलाई हवाइसेवा, विमानस्थल तथा प्राधिकरणसँग सम्वद्ध कुनै काम तथा व्यापार गर्न नपाउने गरी कालोसूचीमा राख्ने चेतावनी दिइएको छ । साथै, सञ्चालकहरूको बैंक खाता रोक्कादेखि राहदानी रोक्कासम्म गरिने चेतावनी पनि दिइएको छ।

बक्यौता नतिर्नेमा दीपमणि राजभण्डारी अध्यक्ष रहेको नेकोन एयर, मणिन्द्रलाल रंजितकारको शिवानी एयर, प्रज्वल श्रेष्ठसहितको गोरखा एयर, प्रज्ञानसमशेर जबरासतिको माउन्टेन एयर, रवीन्द्रप्रसाद प्रधानसहितको कस्मिक एयर, आंगछिरिङ शेर्पासहितको  स्काइलाइन एयरवेज र प्रज्वल श्रेष्ठसहितको एयर काष्ठमण्डप वायुसेवा कम्पनी रहेका छन् ।

प्राधिकरणका अनुसार नेकोनले ४ करोड ७२ लाख २५ हजार, शिवानीले ५५ लाख ५१ हजार,गोरखाले २० लाख ३५ हजार, माउन्टेन एयरले  ६ लाख १० हजार कस्मिकले  ३ करोड ४७ लाख, स्काइलाइनले  ७ लाख ८० हजार र काष्ठमण्डपले ७ लाख ३८ हजार तिर्न बाँकी छ ।

साथै, प्राधिकरणले आज अन्तिम पटक भन्दै निकालेको सूचनामा कम्पनीहरूलाई बक्यौता तिर्न नपर्ने हो भने त्योअनुसार कागजात लिएर आउनसमेत भनेको छ।

हेर्नुहाेस् सूचनाः-

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार