भूपेन्द्र थापामगर बने नेपाल आइडल सिजन–४

लोकप्रिय गायन रियालिटी शो नेपाल आइडल सिजन–४ को उपाधि भूपेन्द्र थापामगरले जितेका छन् । शनिबार सम्पन्न ग्राण्ड फिनालेमा रुपन्देहीका उनले बाजी मारेका हुन् ।

एपी वान च्यानलबाट गायन प्रतिभा चाैथाे संस्करण नेपाल आडलमा टप ५ मा पुगेका भुपेन्द्रले सबैभन्दा बढी मत ल्याई विजेता बनेका हुन ।

उनीसँगै ५ प्रतिस्पर्धी थिए, शनिबार साँझ भएकाे ग्राण्ड फिनालेमा थापा चाैथाे संस्करणकाे सर्वाेत्कृष्ट भई उपाधि चुम्न सकेका हुन्  । थापा ३० लाख रुपैयाँ नगद र ट्रफी सहित विभिन्न स्पाेन्सरबाट पुरस्कृत भएका छन् । थापा टप पाँचमा परेपछि गत साता भैरहवा भाेटकाे अपिलका लागि पुगेका थिए। भैरहवास्थित सनसाइन स्कुल पढेका उनलाई स्कुल र स्थानीयले सपाेर्ट गरेर नै उपाधि दिलाउन सकेका छन् ।

त्यस्तै फस्ट रनरअप झापाका नाम्गेल तामाङ, सेकेन्ड रनरअप रामेछापका रञ्चित नेपाल भएका छन् । झापाका विश्वास उप्रेती र मोरङकी लक्ष्मी पौडेल क्रमशः चौथो र पाँचौं भए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार