गण्डकीका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश

गण्डकी प्रदेश सभामा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । सोमबार सुरु भएको विशेष अधिवेशनमा प्रस्तावित मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले सदनमा अविश्वासको प्रस्ताव पेश गरे ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङविरूद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । सोमबार सुरु भएको विशेष अधिवेशनमा प्रस्तावित मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले सदनमा अविश्वासको प्रस्ताव पेश गरेका हुन् ।

प्रस्ताव पेश गर्दै नेता नेपालीले संघीय र प्रदेश सरकार असंवैधानिक र अलोकतान्त्रिक बाटोमा हिँडिरहेकाले अविश्वासको प्रस्ताव ल्याइएको बताए । मुख्यमन्त्री गुरुङले प्रदेशसभाको रोष्टममै उभिएर वीपी कोइराला नेतृत्वको सरकारले दुई तिहाई हुँदा हुँदै संसद विघटन गरेको, गिरिजाप्रसाद कोइरालाले बहुमत हुँदा हुँदै प्रतिनिधिसभा विघटन गरेको तर्क गरेकोमा पोखरेलले आपत्ति जनाए ।

केन्द्रीय राजनीतिमा चुलिएको विवादसँगै आफूविरुद्ध भोलिपल्टै अविश्वासको प्रस्ताव दर्ता हुन लागेको बुझेपछि मुख्यमन्त्री गुरुङले आफूविरुद्ध आइपरेको संकट टार्ने मनशायसहित वैशाख १ गते राति संसद अन्त्य गर्न सिफारिस गरेका थिए । उनको सिफारिसका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले सोही दिन मध्यरातमै संसद अन्त्य गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार