पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना पुष्टि , ४ सय ९ जना संक्रमणमुक्त

नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ४ हजार ५४३ जनामा परीक्षण गर्दा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, आज कोरोना संक्रमणबाट थप कुनै पनि व्यक्तिको मृत्यु भएको खबर छैन भने ४०९ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकमा सक्रिय संक्रमितको संख्या ३ हजार ५९५ रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार