दाङ-प्युठान सीमानामा बस दुर्घटना हुदाँ एकको मृत्यु, १२ जना घाइते

दाङको सीमा क्षेत्र तथा प्युठानमा शनिवार भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । प्युठानबाट दाङको घोराहीतर्फ जाँदै गरेको यात्रुवाहक बस दाङ–प्युठान सीमानामा दुर्घटना भएको हो ।

प्युठानको माण्डवी गाउँपालिका–२ सेतो पहर नजिक ना३ख ७१३२ नम्बरको बस दुर्घटना हुँदा एक बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । साथै १२ यात्रु घाइते भएका छन् । बसमा कति यात्रु थिए अझै पत्ता लागेको छैन । घटनास्थलमा बंगलाचुली गाउँपालिका दाङका अध्यक्ष भक्तबहादुर वलीसहित स्थानीय उद्धारमा खटिएका छन् ।

दाङ प्युठान सिमाना नजिक भएको उक्त दुर्घटनाका घाइतेलाई स्थानीयले उद्धार गरी उपचारका लागि मुर्कुटी अस्पतालमा लगिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार