पाँच वटा पार्टीको गठबन्धनले पुग्दैन भने अरु थपे हुन्छ : महासचिव पोखरेल (भिडियोसहित)

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी बैशाखमा हुने स्थानीय तहको चुनावमा ६ वटा पार्टीको गठबन्धन बनाएर चुनाव लड्न चुनौति दिएका छन् ।शनिबार काठमाडौमा आयोजित पार्टी सम्पर्क समन्वयको प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सत्ता गठबन्धनलाई यस्तो चुनौति दिएका हुन् ।

उनले भने,‘ चुनावसम्मै मिलेर जान्छौं एमालेलाई देखाइदिन्छौं । मिलेर आए हुन्छ । पाँच वटा पार्टीको गठबन्धनले पुग्दैन भने अरु थपे हुन्छ । नेकपा एमाले एक्लै सामना गर्नको लागि तयार छ । यो फोर्स त्यही सामना गर्नको लागि जुटेको छ भन्ने कुरा सबैले बुझे हुन्छ । यो त एउटा कास्टिङ मात्रै हो ।’

पोखरेलले भने,‘बैशाख ११ गते स्थानीय तहको मनोनयको दिन देशैभरीका निर्वाचन केन्द्रमा उर्लेको भीड देख्नुहुनेछ । सिहंदरबारमा बसेर गठबन्धनको कुरा गरेर जनताको अभिमतलाई खण्डित गर्न खोज्नेहरुको समय समाप्त हुदैछ भनेर संकेत ११ गतेबाटै आरम्भ हुनेछ । ’ एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि पटक पटक हमला भएको पनि बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार