होलीको रंग पखाल्न नदीमा पसेका एक किशोरको डुबेर मृत्यु

काठमाडौं । शरीरमा लागेको होलीको रंग पखाल्न नदीमा पसेका एक किशोरको डुबेर ज्यान गएको छ ।झापाको कनकाई नदीमा शुक्रबार अपरान्ह ४ बजे नुहाउन पसेका इलाम माइ नगरपालिका वडा नम्बर ८ का आयुष लिम्बुको डुबेर मृत्यु भएको प्रहरी निरीक्षक ध्रुवनारायण श्रेष्ठले जानकारी दिए।

मृतक किशोर शिवसताक्षी नगरपालिका वडा नम्बर १० को बल्निकुन्ज माध्यमिक विद्यालयका छात्र हुन्।उनी अन्य साथीसँग दिउँसो होली खेल्न गएका थिए। घटनाको बारेमा अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार