चुनावमा भाग लिने ‘विप्लव’को कुरो योगेश भट्टराईलाई मन पर्‍यो

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले आउदो निर्वाचनमा सहभागी हुन गरेको प्रस्ताव राम्रो भएको बताएका छन् ।

नेता भट्टराईले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै विप्लवले आफ्नो पार्टीको बैठकमा आगामी निर्वाचनमा पार्टीले भाग लिने भन्दै गरेको प्रस्ताव अत्यन्तै वस्तुवादी र सहि भएको जनाएका हुन् ।

उनले विप्लवको उक्त प्रस्ताव ‘नेपाली धर्तीको मार्क्सबादी बिचार पनि हो’ भनेका छन् । करिब चालिसको दशकबाट आन्दोलनका वस्तुवादी स्वरुप अवलम्बन गर्दै जनताको बहुदलीय जनबाद हुँदै आजको नेकपा एमाले निर्माण भएको नेता भट्टरार्यले बताएका छन् । समाजवादसम्म पुग्नेबाटो बाटो सबै कम्युनिष्टहरुको निर्वाचननै भएको बताउदै उनले एकीकृत रुपमा ध्रुवीकरण हुनुुपर्ने बताएका छन् ।

नेता भट्टराईले नेपाली जनताको अपेक्षा पनि कम्युनिष्ट एकता नै भएको दावी गरेका छन् । नेकपा माओवादीसँग चोइटिएर गठन भएको विप्लव नेतृत्वको नेकपाले यसअघिका निर्वाचनहरु बहिस्कार गर्दै आएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार