विप्लव नेतृत्वको नेकपाको बैठक आज पनि बस्दै, चुनावबारे छलफल हुने

काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाको केन्द्रीय कमिटीको बैठक शनिबार पनि जारी रहने भएको छ । कपिस्वस्तुमा शुक्रबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकले चुनावबारे कस्तो निर्णय लेला भन्ने चासो राजनीतिक वृत्तमा रहेको छ ।

महासचिव विप्लवले बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा चुनावलाई उपयोग गरेर अघि बढ्ने उल्लेख गरिएको छ । नेकपा स्रोतका अनुसार विप्लवले केन्द्रीय सदस्यहरुलाई वितरण गरेको राजनीतिक प्रतिवेदनमा चुनावलाई उपयोग गरेर जानुपर्ने उल्लेख गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार