कास्कीमा स्करपियो दुर्घटना, एक जनाको मृत्यु

काठमाडौं । कास्कीमा गाडी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । माछापुच्छ्रे गाउँपालिका ८ घलेलमा आज स्करपियो गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा सोही गाउँपालिकाको अस्ताम निवासी ४६ वर्षीय बलबहादुर भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ।

माछापुच्छ्रे गाउँपालिका(९ स्थित मर्दी हिमाल इको भिलेजमा दिउँसो पर्यटक लिन गएको ग २ च ३९३१ नम्बरको गाडी घलेल कालीमाटी सडक खण्डको तादी खोला पारी उकालोमा सडकबाट अन्दाजी २०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनालगत्तै भिँडाबारी प्रहरी चौकीबाट गएका सुरक्षाकर्मी र स्थानीयवासीले चालकको उद्धार गरेका थिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार