बंगलादेशमा मन्दिरमा तोडफोड

बंगलादेशमा इस्कोन मन्दिरमा आक्रमण भएको छ। ढाकास्थित इस्कोन राधाकान्त मन्दिरमा बिहीबार राति कट्टरपन्थीले आक्रमण गरेका थिए। मन्दिरमा आक्रमणसँगै तोडफोड समेत भएको छ।

यसै क्रममा मन्दिरमा रहेका मानिसलाई कुटपिट पनि गरिएको थियो। बंगलादेश सरकारलाई कडा कदम चाल्न र देशमा हिन्दु अल्पसंख्यकलाई सुरक्षा प्रदान गर्न हिन्दु धर्म सम्बद्ध संस्थाले माग गरेका छन्।

बंगलादेशमा मुस्लिम कट्टरपन्थीले हिन्दुलाई निशाना बनाउँदै आएका छन्। गत दशैँका वेला दुर्गा पूजा पण्डालमा आक्रमण भएको थियो। योसँगै कट्टरपन्थीले धेरै मन्दिरमा आक्रमण गरेका थिए। त्यस क्रममा इस्कोन मन्दिरलाई पनि निशाना बनाइएको थियो। हिंसाका यी घटनामा ७ जनाको ज्यान गएको थियो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार