पार्टीको बैठकमा विप्लवको प्रस्ताव- ‘निर्वाचनमा भाग लिने बारे छलफल गरौं’

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युुनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठककमा स्थानीय निर्वाचनलाई उपयोग गरेर जानु पर्ने प्रस्ताव पेस भएको छ । यो प्रस्ताव स्वयं विप्लवले अगाडि सारेका हुन् ।

शुक्रबार दिउँसो कपिलवस्तुमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा महासचिव विप्लवले बैठकमा स्थानीय निर्वाचनलाई उपयोग गरेर जानु पर्ने प्रस्ताव पेश गरेका हुन् ।

यस विषयमा पेश भएको राजनीतिक प्रतिवेदनबारे शनिबार दिउँसोसम्म छलफल गर्ने निर्णय गरिएको छ । यसअघि पार्टीको सचिवालय बैठकमा पनि विप्लवले यही प्रस्ताव अगाडि सारेका थिए । उनको प्रस्ताव आएसँगै पार्टीमा दुई समूह देखिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार