शिक्षक सेवाको परीक्षा दिन जाँदा प्रवेश पत्रसँगै परिचय खुल्ने प्रमाणपत्र बोक्नुपर्ने

काठमाडौं । शिक्षक सेवा आयोगको परीक्षाका लागि जाने व्यक्तिले अबदेखि प्रवेश पत्रसँगै परिचय खुल्ने प्रमाणपत्र समेत बोक्नुपर्ने भएको छ । आयोगले एक सूचना जारी गर्दै प्रतियोगितात्मक परीक्षाका उम्मेद्वारले प्रवेश परीक्षाको साथमा परिचय खुल्ने नागरिकता प्रमाणपत्र वा अध्यापन अनुमतिपत्र लिएर जान अनुरोध गरेको छ ।

उम्मेद्वारले प्राप्त गरेको प्रवेश पत्रमा उम्मेद्वारको परिचय विवरणमा केही अस्पष्टता देखिएको गुनासो आएकोले सबै परीक्षार्थीलाई प्रवेश पत्रसँगै परिचय खुल्ने प्रमाणपत्र पनि लिएर जानुपर्ने व्यवस्था गरिएको आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले बताए ।

आयोगले खुलातर्फ माध्यामिक तहमा एक हजार ४२, निम्न माध्यामिक तहमा एक हजार ९१३ र प्राथमिक तहमा नौ हजार ६०१ रिक्त दरबन्दीमा विज्ञापन खोलेको छ । मावि तहको परीक्षा १५ गते, निम्न माध्यामिक तहको १७ गते, प्राथमिक तहको १९ गते र आन्तरिक बढुवातर्फको २१ गते हुने छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार