सुर्खेतमा भोलिदेखि एक हप्ता निषेधाज्ञा

कोरोना संक्रमण बढ्दै गएपछि मंगलबार (भोलि) मध्यरातिदेखि सुर्खेतमा एक साता निषेधाज्ञा हुने भएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन समितिले भोलि राति १२ बजेदेखि एक हप्ता निषेधाज्ञा लागू गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।

संक्रमण फैलिँदै गएकाले जिल्लाभर निषेधाज्ञाको निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । ‘कोरोना नियन्त्रणभन्दा बाहिर जान थालेपछि निषेधाज्ञा लागू गर्ने निर्णय गरेका छौं, भोलिदेखि जिल्लाभर एक साता निषेधाज्ञा जारी हुन्छ,’ प्रजिअ रिजालले भने ।

निषेधाज्ञा अवधिभर एम्बुलेन्स, दमकल, शववाहन, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका गाडी मात्र सञ्चालन गर्न दिने बताइएको छ । सुर्खेतमा मात्रै ३०० बढी सक्रिय कोरोना संक्रमित रहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार