प्रचण्डलाई शंकर पोखरेलको जवाफ- ‘अब आऊ भन्नेवाला छैनौ’

काठमाडौं । । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रचण्ड–माधव समूह कसैको सहयोगबिना चुनाव जित्ने अवस्थामा नरहेकाले कांग्रेसले हिर्काए एमालेसँग मिल्ने भनेर घुर्क्याउन थालेको टिप्पणी गरेका छन् ।

पोखरेलले भने– हिजो आज सुन्दैछु, कांग्रेसले टेरेन भने एमालेसँग मिल्दिन्छौं । एमालेले लिए न मिल्ने हो । कांग्रेसले हिर्कायो अब आऊ भन्नेवाला छैनौ । हिजो नेताका टाउका मिलाएर गयौं,जनताले मत दिए । तर जनतलाई धोखा दिएर उनीहरु गए । फेरि तिनीहरुलाई लिएर गयौं भने जनताले हामीलाई पत्याउँछन्

धादिङमा आयोजित एमाले कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले अब प्रचण्ड–माधवसँग एमालेको एकता नहुने तर कार्यकर्तालाई भने एमालेमा फर्काइने बताए ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार