राजनीतिलाई कमाई खाने भाँडो बनाउनेहरु कांग्रेस, एमाले माओवादी हुन् : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले केहि दलका नेताले राजनीतिलाई पेशा व्यवसाय बनाएका कारण यसप्रतिको विश्वास घट्दै गएको बताए ।

शुक्रबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष लिङ्देनले राजनीतिलाई पेशा व्यवसाय बनाउनेहरु नराम्ररी परााजित हुने पनि बताए ।

उनले अव राजनीतिलाई कमाई खाने भाँडो बनाउनेहरु कांग्रेस, एमाले माओवादीको कित्तामा हुने र देश यथास्थीतिमा राख्दै भन्नेहरु आफ्नो पक्षमा रहने धारणा राखे । त्यस्तै उनले नेपालमा उत्पादन हुने बिजुली बिदेशमा बेच्ने नभई मुलुकमा नै खपत गर्नुपर्ने उल्लेख गरे । बिजुलीको अधिकतम प्रयोग गर्न सक्ने मुलुक बिकासको बाटोमा अघि बढ्ने र रोजगारी पनि बढ्ने उनको भनाई छ । उनको मुलुकको हितमा काम गर्न सक्ने राप्रपा बाहिरका व्यक्तिलाई पनि स्थानीय तहको निर्वाचनमा अवसर दिइने बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार