संवैधानिक आयोगका पदाधिकारी नियुक्तिविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

अर्को सुनुवाइ ९ गते

काठमाडौं । विभिन्न संवैधानिक आयोगका पदाधिकारी नियुक्तिविरुद्ध परेको रिटलाई हेर्दाहेर्दैमा राखिएको छ । संवैधानिक इजलासमा आजदेखि सुनुवाइ सुरु भएको रिटमाथि बहस गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले सुनुवाइ अघि बढाउन माग गरे । उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको व्यवस्था मासेर अध्यादेश ल्याएको तर्क समेत गरेका छन् ।

रिटमाथि अब आउँदो बुधवार चैत ९ गते सुनुवाइ हुनेछ । संवैधानिक इजलासमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मिरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा छन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन गर्ने अध्यादेश ल्याएर ५२ जना पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेको थियो । २०७७ पुस ५ गते संसदीय सुनुवाइका लागि सङ्घीय संसद् सचिवालयमा पठाइएकोमा त्यही दिन संसद् विघटन गरेका कारण नियुक्तिका लागि सिफारिस भएकाहरूको संसदीय सुनुवाइ भएको थिएन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार