यूएईले नेपाललाई दियो १६९ रनको लक्ष्य, सोमपालको ४ विकेट

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूमा युएईले नेपाललाई १६९ रनको लक्ष्य दिएको छ । नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेपछि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली युएई ४६।३ ओभरमा १६८ रनमै अलआउट भएको हो ।

सोमपाल कामीले पावर प्ले भित्रै ३ विकेट लिँदै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए । युएईका लागि मध्यक्रमका सीपी रिजवान र रोहन मुस्ताफाले इनिङ्स सम्हाल्ने प्रयास गरे पनि नेपाली बलरले पुनरागमन गरे ।

बलिङमा नेपालका लागि सोमपाल कामीले ९ ओभरमा ३९ रन खर्चेर ४ विकेट लिए । यस्तै किफायती बलिङ गरेका करण केसीले ७।३ ओभरमा १ मेडन राख्दै १६ रन खर्चेर ३ विकेट लिए ।

कप्तान सन्दीप लामिछानेले १० ओभरमा १ मेडन राख्दै ३० रन खर्चिएर १ विकेट लिए । दीपेन्द्रले १० ओभरमा ४२ रन खर्चेर १ विकेट लिए । सागरले ४ ओभरमा १३ रन खर्चेर १ विकेट लिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार