युएईको व्याटिङ लाइन ध्वस्त पार्दै नेपाली बलर

नेपालविरुद्ध खेलिरहेको युएईलाई नवौं झटका लागेको छ। आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत एकदिवसीय सिरिजमा युएईसँग टस हारेर बलिङमा रहेको नेपालका लागि सोमपाल कामीले आठौं र करण केसीले नवौँ विकेट लिएका छन्।

ताजा अवस्थामा युएई ४६.१ ओभर खेल्दै १६८ रनमा रहेको छ ।  नेपालका लागि सोमपाल ले व्यक्तिगत ४ विकेट लिएका छन्।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा युएईले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले बलिङ गरेको थियो ।

नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ । विकेटकिपर विनोद भण्डारीको स्थानमा कमलसिंह ऐरीलाई मौका दिएको छ ।

नेपालको प्लेइङ ११ :
ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख ९विकेटकिपर०, कमलसिंह ऐरी, आरिफ शेख, करण केसी, रोहित कुमार पौडेल, सागर ढकाल, सन्दीप लामिछाने ९कप्तान० र सोमपाल कामी ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार