युएईलाई सातौं झटका

नेपालविरुद्ध खेलिरहेको युएईलाई सातौँ झटका लागेको छ। आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत एकदिवसीय सिरिजमा युएईसँग टस हारेर बलिङमा रहेको नेपालका लागि सागर ढकालले सातौँ विकेट लिएका छन्।

उनले युएईका बसील हमिद को विकेट लिएका हुन्।

ताजा अवस्थामा युएई ४३.५ ओभर खेल्दै १४९ रनमा रहेको छ । नेपालका लागि सोमपाल कामीले व्यक्तिगत ३ विकेट लिएका थिए ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा युएईले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले बलिङ गरेको थियो ।

नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ । विकेटकिपर विनोद भण्डारीको स्थानमा कमलसिंह ऐरीलाई मौका दिएको छ ।

नेपालको प्लेइङ ११-
ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), कमलसिंह ऐरी, आरिफ शेख, करण केसी, रोहित कुमार पौडेल, सागर ढकाल, सन्दीप लामिछाने (कप्तान) र सोमपाल कामी ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार