सम्बन्धविच्छेदपछि विवाह गर्ने महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने

काठमाडौं । २०७५ सालदेखि कार्यान्वयनमा आएको मुलुकी देवानी संहिता संशोधनको तयारी गरिएको छ।कानुन आयोगले २०७५ भदौ १ गतेदेखि कार्यान्वयनमा आएको मुलुकी देवानी संहिता २०७४ लाई केही व्यवस्था कार्यान्वयन गर्दै जाँदा संशोधन आवश्यक भएको भन्दै मस्यौदा तयार गरेको हो।

आयोगका अध्यक्ष जागेश्वर सुवेदीका अनुसार ३२ वटा दफामा नयाँ थपदेखि संशोधनसम्मको मस्यौदा तयार पारिएको छ। मस्यौदामा सम्बन्धविच्छेद गरी अंश लिएर बसेकी महिलाले दोस्रो बिहे गरेमा पूर्वपति वा पूर्वपतिका अंशियारलाई सम्पत्ति फिर्ता गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ।

संसोधनका लागि बनाइएको मस्यौदामा सम्बन्धविच्छेदपछि विवाह गर्ने महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने लगायत प्रस्ताव गरिएको छ।मुलुकी देवानी संहिताको दफा २३४ (क) मा सम्पत्ति फिर्ता गर्नुपर्ने व्यस्था थप गर्न लागिएको हो। उक्त प्रस्तावित दफामा भनिएको छ, ‘कुनै विवाहित महिलाले अंशबण्डा हुने सगोलको सम्पत्ति लिई अर्को विवाह गरेमा त्यस्तो सम्पत्ति निजको पूर्वपति वा पूर्वपतिका अंशियारलाई फिर्ता गर्नुपर्ने छ।’ आयोगले तयार पारेको मस्यौदाअनुसार अंशबण्डा नहुँदै अर्को विवाह गरेमा त्यस्तो सम्पत्ति फिर्ता गरी संगोलको सम्पत्तिका अंशियार सम्पत्तिको हक स्थापित गर्न आवश्यक भएकाले यस्तो व्यवस्था गरिएको हो। यही व्यवस्थालाई प्रष्ट पार्न दफा १०३ मा पनि नयाँ थप गरिएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार