तेल ट्यांकरमा आगलागी हुँदा सहचालकको मृत्यु

काठमाडौं । बारामा तेल ट्याङ्करमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ । जीतपुर सिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्ज बस्ने ३० वर्षीय लक्ष्मण श्रेष्ठको मृत्यु भएको हो ।

बिहीबार अपराह्न १६ः४० बजे अमलेखगञ्जस्थित आयल निगम भित्र ना४ ख २६५६ नम्बरको को पेट्रोल ट्यांकरमा आगलागी भएको थियो ।

पेट्रोल अनलोड गर्न पार्किङ गरी राखेको अवस्थामा ब्याट्रीको तार सर्ट भइ ट्यांकरको क्याबिनमा आगलागी हुँदा सहचालक श्रेष्ठ घाइते भएका थिए । शरीर जलेर गम्भीर घाइते भएका उनलाई सुरुमा सिमरास्थित अल्पाइन अस्पतालमा लगिएको थियो ।

शुक्रबार बिहान ८ बजे अस्पतालले उनको मृत्यु भएको जानकारी दिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।ट्यांकरमा लागेको आगो बिहीबार साँझ ५ बजे नै नियन्त्रणमा लिइएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार