पल शाहविरुद्ध तनहुँमा आज तेस्रोपटक म्याद थपिँदै

नाबालिका गायिका बलात्कारको आरोपमा पक्राउ पक्राउ परेका अभिनेता पूर्ण विक्रम शाह (पल शाह) विरुद्ध आज तेस्रोपटक म्याद थपको तयारी गरिएको छ । पलविरुद्ध जिल्ला अदालत तनहुँबाट यसअघि पहिलोपटक सात दिन र दोस्रोपटक १२ दिनको म्याद लिइएको थियो ।

१२ दिने म्याद आज सकिँदै छ । पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँ र इलाका प्रहरी कार्यालय गैँडाकोटमा एक १७ वर्षीया गायिकाले आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिएकी थिइन् ।

अनुसन्धान नसकिएकाले म्याद थपका लागि अदालतमा उपस्थित गराउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार