अमेरिकी सेनाको जहाज काठमाडौंमा अवतरण

अमेरिकी सेनाको जहाज शुक्रबार काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

अमेरिकी सेनाको जहाज अमेरिकी कूटनीतिज्ञ र सामाग्री बोकेर काठमाडौं आएको जनाइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन कार्यालयका सूचना अधिकृत खेमराज उपाध्यायका अनुसार जहाजले अमेरिकी दूतावास र कुटनीतिक निकायका सामाग्री बोकेर ल्याएको हो।

‘अमेरिकी कूटनीतिज्ञलाई लिएर युएस एयर फोर्स (अमेरिकी सेना)को जहाज काठमाडौं आएको हो,’ सूचना अधिकृत  उपाध्यायले भने ।

विमानस्थलका अनुसार जहाज शुक्रबार बिहान सवा नौ बजे काठमाडौं आएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार