नेपाल–भारत यातायात सञ्चालन गर्न सिफारिस गर्ने सीसीएमसीको निर्णय

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले नेपाल र भारतबिचको यातायात सञ्चालन गर्नका लागि अनुमति दिन मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको सीसीएमसी बैठकले नेपालबाट भारतका विभिन्न गन्तव्यमा जाने र भारतबाट नेपाल भित्रने सार्वजनिक यातायातका साधनलाई सञ्चालन गर्नका लागि अनुमति दिन सिफारिस गर्ने निर्णय गरेको हो । यसरी नेपाल भित्रने यात्रुहरूले पूर्णरुपमा स्वास्थ्य मापदण्ड प्रयोग गर्नुपर्ने तथा ७२ घण्टा अगाडिको पीसीआर रिपोर्ट नेगेटिभ आएका हुनुपर्ने सचिव खगराज बरालले जानकारी दिए ।

त्यस्तै बैठकले नेपालतर्फको भन्सार तिरेर निश्चित समयका लागि सञ्चालन हुने भारतीय नम्बर प्लेटका गाडी चलाउन दिने सिफारिस गरिएको सचिव बरालले जानकारी दिएका छन् ।

यातायात व्यवसायीबाट दुई देशीय यातायात सञ्चालक लागि खुल्ला गर्न अनुरोध आएकाले कोरोना जोखिमलाई मध्यनजर गर्दै आवश्यक निर्णय गरेको बरालले बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार