युएईविरुद्ध नेपालले पहिले बलिङ गर्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजको युएईविरुद्धको खेलमा नेपालले बलिङ गर्ने भएको छ । युएईले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपाल बलिङ गर्न मैदान उत्रीएको हो ।

युएईविरुद्ध नेपालले एक खेलाडी परिवर्तन गरेको छ । विनोद भण्डारीको स्थानमा कमल सिंह ऐरीले सुरुआती ११ मा खेल्ने मौका पाएका छन् ।आज युएईलाई हराउँदै नेपाल सिरिजमा लगातार दोस्रो जित निकाल्न चाहन्छ । युएई पनि लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा युएईले पीएनजीलाई नै ७ विकेटले हराएको थियो ।

विश्वकप समेत खेलिसकेको यूएई पछिल्लो समय एसोसियट राष्ट्रको पावर हाउसको रुपमा स्थापित हुँदै छ । गत महिना ओमानमा भएको आईसीसी टी-ट्वान्टी विश्वकप छनोटमा समेत नेपालको लागि यूएई तगारो बनेको थियो ।

त्यसैले नेपाल टी(ट्वान्टी विश्वकप छनोटको बदला यूएईविरुद्ध उसैको घरमा लिने प्रयासमा रहने छ । तर, यूएईलाई पराजित गर्नु नेपाललाई सहज भने हुने छैन ।यूएई पछिल्लो समय उत्कृष्ट लयमा छ । विपक्षी टोलीविरुद्ध उसका ब्याटरहरु खेलेर आक्रमण गर्दै आएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार