डलरको भाउ घट्यो, यस्तो छ अन्य मुलुकको विनिमय दर

काठमाडौं । अघिल्लो दिनको तुलनामा आज शुक्रबार डलरको भाउ केही घट्न पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १२० रुपैयाँ ९८ पैसा र बिक्री दर १२१ रुपैयाँ ५८ पैसामा झरेको हो । अघिल्लो दिन अमेरिकी डलर एकको खरिद दर १२१ रुपैयाँ ७३ पैसा र बिक्री दर १२२ रुपैयाँ ३३ पैसा रहेको थियो ।

यस्तै आज यता युरोपियन युरो एकको खरिद दर १३३ रुपैयाँ ५१ पैसा र बिक्री दर १३४ रुपैयाँ १८ पैसा रहेको छ भने पाउन्ड स्टललिङ एकको खरिद दर १५९ रुपैयाँ ३१ पैसा र बिक्री दर १६० रुपैयाँ १० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यता साउदी अरवियन रियाल आज एकको खरिद दर ३२ रुपैयाँ २४ पैसा र बिक्री दर ३२ रुपैयाँ ४० पैसा र कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ११ पैसा र बिक्री दर ३३ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार