काठमाडौं । भेरी नदीमा बेपत्ता भएका दुई जना बालबालिकाको शव पनि भेटिएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बिहीबार भेरीगंगा नगरपालिका–११ का १० वर्षीया गंगा खड्का र ८ वर्षीय कृष्ण सिंजालीको शव भेटिएको हो।
बेपत्तामध्ये एक लेकवेंशी नगरपालिका–२ का ८ वर्षीय दिनेश बुढा मगरको शव बुधबार नै भेटिएको थियो। गत फागुन २८ गते सुर्खेतको भेरीगंगा नगरपालिका–११ रामघाटस्थित भेरी नदीमा नुहाउने क्रममा तीन जना बालबालिका नदीमा बगेर बेपत्ता भएका थिए। तीनै जनाको शव भेरी नदीको विभिन्न स्थानमा भेटिएको सुर्खेत प्रहरीले जनाएको छ।