कति छ आज सुनचाँदीको मूल्य ?

नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला ९९ हजार ८ सय रुपैयाँ कायम भएको छापावाल सुनको भाउ शुक्रबार स्थिर रहेर सोही मूल्यमा कारोबार भैरहेको छ ।

तेजावी सुनको भाउ तोलाको ९९ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको छ ।

यसैगरी चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँको दरले घटेको छ  । बिहिबार एक हजार ३९० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार ३८५ रुपैयाँमा निर्धारण भएको महासंघले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार