संवैधानिक नियुक्तिविरुद्ध परेको रिटमाथि सुनुवाइ हुँदै

संवैधानिक इजलासमा चढ्यो पेशी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत संवैधानिक निकायमा गरिएको नियुक्ति खारेजीको माग गर्दै परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रवारदेखि सुनुवाइ शुरू हुने भएको छ ।

५२ जनाको नियुक्तिविरुद्ध परेको रिट कामु प्रधानन्यायाधीश दीपकुमार कार्की नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइका लागि पेशी चढेको छ ।वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ताहरू ओमप्रकाश अर्याल, समृत खरेल, कीर्तिमान शर्मा पौडेल, गणेश रेग्मी लगायतले विभिन्न मागदाबी राख्दै छुट्टाछुट्टै रिट दायर गरेका छन् ।

गत वर्ष पुस महिनामा गरिएका संवैधानिक नियुक्ति गैरसंवैधानिक रहेको भन्दै परेका रिटहरू शुक्रवार संवैधानिक इजलासमा पेशी चढेको हो । इजलासमा कामु प्रन्या कार्कीका अलवा न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार