काठमाडौं । रुपन्देहीमा मोटर साइकलबाट खसेर एक जनाको ज्यान गएको छ । मोटरसाइकलमा पछाडि सवार तिलोत्तमा नगरपालिका–१५, पत्थरडाँडाका २३ वर्षीय जितबहादुर थापाको मृत्यु भएको हो ।
मोटरसाइकलबाट खसेर घाइते भएका उनको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा गए राति पौने १ बजे मृत्यु भएको जनाइएको छ ।
गए राति करिब १२ बजे बुटवलबाट भैरहवातर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकलबाट थापा खसेका थिए । दुर्घटनापश्चात् मोटरसाइकलसहित चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय मंगलापुरले जानकारी दिएको छ ।