बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा बेहुला–बेहुलीसहित १२ जना घाइते

कञ्चनपुरबाट जन्ती बोकेर बैतडीतर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको छ। बैतडीको पाटन–खोड्पे सडकखण्ड अन्तर्गत हिरापुर भन्ने स्थानमा जन्ती सवार जिप दुर्घटना हुँदा बेहुला–बेहुलीसहित १२ जना घाइते भएका हुन्।

कञ्चनपुरको महेन्द्रनगरबाट जन्ती लिएर फर्किंदै गरेको सुदूरपश्चिम प्रदेशको ०१–००१ च ३७७ नम्बरको जीप आज विहान ५ः५० बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक किशोरसिंह ऐरीले जानकारी दिए । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । प्रहरीका अनुसार दुर्घटनामा घाइते बेहुला–बेहुली अवस्था सामान्य छ । घाइतेहरुको बैतडीको पाटन अस्पतालमा उपचार भइरहेको छ ।

जिप सडकबाट करिब एक सय मिटर तल खसेको छ । दुर्घटनाको कारण खुलेको छैन।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार