काठमाडौंमा होली खेल्ने क्रममा घरको छतबाट खसेर किशोरी गम्भीर घाइते

काठमाडौं । बौद्धमा होली खेल्ने क्रममा घरको छतबाट खसेर एक जना किशोरी गम्भीर घाइते भएकी छन् । घरको दोस्रो तलाबाट खसेर सिन्धुपाल्चोककी विनिता चौलागाईं घाइते भएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीका अनुसार घाइते किशोरीको नेपाल मेडिकल कलेज जोरपाटीमा उपचार भइरहेको  छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार