कक्षा १२ को परीक्षा जेठ १८ देखि हुने

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी १८ जेठदेखि सञ्चालन गर्ने भएको छ ।

परीक्षा तालिका भने शुक्रबार बस्ने राष्ट्रिय परीक्षा बोर्ड बैठकबाट सार्वजनिक गर्ने तयारी रहेको एक अधिकारीले जानकारी दिए । बोर्डका अनुसार आगामी जेठ १८ गतेबाट परीक्षा सञ्चालन गर्न तयार गरिएको प्रस्तावलाई बोर्ड बैठकले स्वीकृति प्रदान गर्नेछ ।

बोर्डले यस वर्ष पनि कक्षा १२ को प्रश्नपत्र हरेक परीक्षा केन्द्रमा अनलाइन माध्यमबाट नै पठाउने तयारी गरेको छ । कोभिड १९ को कारण बोर्डले गत वर्षदेखि प्रश्नपत्र प्रकाशन गर्न छोडेको हो ।  परीक्षा बोर्डले अनलाइन माध्यमबाट पठाउने प्रश्नपत्र परीक्षा केन्द्रले आफैं प्रिन्ट गर्नुपर्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार