‘पिर’ गीत माओवादीलाई सिध्याउने गुरुयोजनाका साथ साम्राज्यवादी शक्तिले ल्याएका हुन् -महरा

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व सभामुख कृष्ण बहादुर महराले ‘पिर’ गित गायक प्रकाश सपुतले नभइ साम्राज्यवादी शक्तिले ल्याएको आरोप लगाएका छन् ।

बिहिबार बुटवलमा आयोजित लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले भने,’ चुनावको मुखमा आएर प्रकाश सपुतले जुन गित बजारमा ल्याएका छन् । त्यो गित उनले ल्याएका होइनन, माओवादीलाई कसरी कमजोर पार्न र सिध्याउन सकिन्छ भन्ने गुरुयोजनाका साथ साम्राज्यवादी शक्तिले ल्याएका हुन ।’

उनले आफूहरु विगतदेखि नै साम्राज्यवादी शक्तिले दलदलमा फसाउन खोजेको तर त्यो दलदलबाट निस्केर आएको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार