दिउँसो नै मापसे, लापरबाही गरेर चलाइएका ३४५ सवारी होल्ड

काठमाडौं । फागु पर्व अथात् होलीका दिन काठमाडौं उपत्यकामा लापरबाही गरेर चलाइएका ३४५ सवारीलाई होल्ड गरिएको छ ।उपत्यकाका तीन जिल्लाका विभिन्न ६८ ठाउँमा चेक प्वाइन्ट राखेर चेकिङ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले लापरबाही गरेर चलाइएका ३४५ सवारीलाई होल्डमा राखेको हो।

महाशाखाका एसपी तथा प्रवक्ता सञ्जिव शर्मा दासका अनुसार यसरी होल्ड गराइएका सवारी साँझ ७ बजेमात्रै धनीको जिम्मा लगाइनेछ। बिनाकागजात सवारी चलाएका, तीव्र गति, जथाभावी युर्टन जस्ता ट्राफिक नियम उल्लंघन गरेका सवारीलाई होल्ड गराइएको हो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार