काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका नेकपा एमाले नेता मोहन बानियाँ पाँच लाख धरौटीमा छुटेका छन्।जिल्ला अदालत बाँकेका न्यायाधीश ईश्वरी भट्टराईको इजलासले बानियाँलाई पाँच लाख धरौटीमा छोड्न आदेश दिएको हो। तोकेको रकम बुधबार बेलुका नै बुझाएपछि बानियाँ पुर्पक्षका लागि धरौटीमा रिहा भएका हुन्।
जुम्लाकी ४० वर्षीया महिलाले बानियाँले बाँकेस्थित होटल अप्सरामा आफूमाथि जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन्।